कंचनपुरबाट काठमाण्डौं ल्याइपुर्याउदा निर्मलाका बुबाको खुट्टा भांचियो

पागल भनेर विमान कम्पनीले निर्मलाको बुबालाई प्लेनमा चढाउन मानेन - भिडियो

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुवा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनयता मानसिक स्थिति असामान्य देखिएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । विमानबाट ल्याउने तयारी गरिएपनि विमान कम्पनीले यज्ञराजलाई ल्याउन नमानेपछि उनलाई गाडीमा ल्याइएको हो । महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएपछि उनलाई लठ्याउने सुई लगाएर काठमाडौं ल्याइएको थियो ।

शिक्षण अस्पताल ल्याइएका यज्ञराजलाई आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ ।

कंचनपुर बाट शिक्षण अस्पताल ल्याइपुर्याउदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा उनको खुट्टामा पनि समस्या भएको हो । एक्सरेको रिपोर्टमा पन्तको खुट्टा फ्याक्चर भएको देखिएको छ ।

उनलाई अस्पताल कै मानसिक वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ । बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मी समेत पठाएको थियो । छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै यज्ञराजले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए। रिया भण्डारी / न्यूज २४ नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।