यी युवा समाजसेवी जसले आफ्नो वडाको विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन निरन्तर गर्दैछन यस्तो सहयोग…

उर्लाबारी । सुरुवाती दिनमा ४० रुपैंयामा लेबर काम गरेर आर्थिक रुपमा सवल हुनुभएका मोरङ उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफु जन्मे हुर्केको वडाको विद्यालयलाई उल्लेखनिय सहयोग गरिरहनुभएको छ । यतिवेला उहाँ आफ्नो वडाको विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न विद्यालय बनाउन क्रियाशिल हुनुहुन्छ ।

उर्लाबारी—९ को प्रभात निमावि, राजघाट निमावि र सार्वजनिक माविमा उहाँले उहाहरणयोग्य सहयोग गर्नुभएको छ । जसको कारण अभिभावकहरु र स्थानीयहरुको जनजिब्रोबाट सुन्दर श्रेष्ठको प्रशंसा भईरहेको पाईन्छ । सुन्दरले प्रभात निमाविमा आफ्नो एकल लगानीमा ट्रस सहितको स्टेज बनाईदिनुभएको छ ।

उहाँले घेराबारामा पनि महत्वपूर्ण सहयोग गर्नुभएको छ । विद्यालयमा पिङ वालउद्यानका समाग्रीहरु सहयोग मात्र गर्नु भएको छैन, विद्यालयमा रंगरोगन पनि आफ्नै खर्चमा गरिदिनुभएको छ । त्यो भन्दा अझ महत्वपूर्ण कुरा विद्यालयका १० जना विद्यार्थीलाई आफ्नै खर्चमा पढाईरहुनुभएको छ ।

भर्खरैमात्र श्रेष्ठले विद्यार्थीको लागि परिचय बनाईदिदैं हस्तान्तरण गर्नुभएको छ । खेल समाग्री पनि सहयोग गर्नुभएको छ । अब आफ्नै लगानीमा एक जना शिक्षक पनि व्यवस्था गर्दैछु,श्रेष्ठले भन्नुभयो । श्रेष्ठ आफुले सहयोग गरेको स्कुलमा पठनपाठन पनि राम्रो होस भनेर शिक्षक र विद्यार्थीलाई सुझाप दिनुहुन्छ । भौतिक विकास मात्र भयो र पढाई खस्कियो भने त्यसको के अर्थ, जसको लागि अभिभावक र शिक्षक जोडतोडले लाग्नुपर्छ ।

श्रेष्ठ सामुदायिक विद्यालयको पढाई खस्किएको समाचार आईरहँदा आफ्नो वडाका भाई बहिनीको राम्रो नतिजा देख्दा दंग हुनुहुन्छ । प्रभातमा पढाई राम्रै भएको कारण भाईबहिनीहरुले राम्रो नतिजा ल्याएका रैछन,खुशी लाग्यो,श्रेष्ठले भन्नुभयो । श्रेष्ठले आफ्ले सानोमा पढ्न नपाएको समस्या सम्झदै भन्नुहुन्छ,भाईबहिनीहरु राम्रोसँग पढेलेखे भने म अझै धेरै सहयोग गर्नेछु ।

उहाँले राजघाट निमावि उर्लाबारी—९ मा पनि गेट निर्माण गरिदिनुभएको छ । विद्यालयमा घेराबारा भयो, तर प्रवेशद्धार नहुँदा ह्वाङ्गै,प्रअ गोपाल श्रेष्ठले भन्नुभयो, स्वागत गेट निर्माण गरिदिएर विद्यालयको ठुलो सुरक्षा भएको छ ।

अन्य निकायबाट आश्वसन मात्र पायौं,सुन्दर सरले एकैबचनमा काम गरिदिनुभयो । सुन्दर श्रेष्ठ विद्यालयमा सहयोग मात्र गर्नुहुन्न । काठमाडौंबाट घर आएका बेला विद्यालयमा गएर विद्यालयका समस्याहरु बुझ्नुहुन्छ । विद्यार्थीलाई पढाई कस्तो छ , सर मिसले कस्तो पढाउनुहुन्छ भनेर सोधुपुछ गर्नुहुन्छ । शैक्षिक अवस्था सुर्धान अनुरोध गर्नुहुन्छ । अभिभावकहरुसँग अन्तरक्रिया गर्नुहुन्छ ।

श्रेष्ठको सहयोगमा सार्वजनिक मावि आम्बारीमा पनि पक्की स्टेज बन्दैछ । विद्यालयले श्रेष्ठले समस्या राखेपछि श्रेष्ठले आफ्नो सहयोगी मन फराकिलो बनाउनुभएको छ । गाउँमा सडकबत्ति जडान लगायतमा विविध क्षेत्रमा सहयोग गर्दै आउनुभएका श्रेष्ठ सहयोगको सहि सदुपयोग भए आफुलाई पनि खुशी लाग्ने बताउनुहुन्छ । विकासको काम जो जस्ले गरेपनि सबैले साथ सहयोग गर्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ । विकासको नाममा गरिने राजनिती श्रेष्ठलाई पटक्कै मन पर्दैन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।