प्रधानमन्त्रीलाई कमल थापाले भने,– हाबीबीच वैचारिक भिन्नता छ तर तपाई सफल भएको देख्न चाहन्छु !

काठमाडौं । प्रधानमन्त्री केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीच वैचारिक भिन्नता रहनु स्वाभाविक हो । तर प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा सत्ता साझेदार बनेर एउटै मन्त्रिपरिषदमा रहेका काम गरिसकेका थापाले वैचारिक मतभेदका बाबजुद प्रधानमन्त्री ओली सफल भएको हेर्ने आफ्नो चाहना प्रकट गरेका छन् ।

थापाले प्रधानमन्त्री ओलीलाई ‘मेन्सन’का साथ सोमबार ट्वीट गर्दै भनेका छन्, ‘तपाईसँग काम गर्दा तपाईको नेतृत्वमा जुन प्रभावकारिता पाएको थिएँ, आजकल बाहिरबाट हेर्दा तपाईलाई निरीह÷प्रभावहीन देखिरहेको छु ।’

उनले निर्मला हत्याकाण्ड, सुन तस्करीलगायत सबै क्षेत्रमा उदासिनता देख्दा दुःख लागेको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हाबीबीच वैचारिक भिन्नता छ तर म तपाई सफल भएको देख्न चाहन्छु ।’ उनले प्रभावकारी कदम चाल्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनकै नेतृत्वको मन्त्रिपरिषदमा थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । भारतीय नाकाबन्दीविरुद्ध डटेर उभिएका ओलीलाई परराष्ट्रमन्त्रीका रुपमा थापाले अन्तर्राष्ट्रिय मञ्चमा भारतीय नाकाबन्दीको खुलेर विरोध गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।