पत्रकार नाईकेले नै गरे एक युवतीमाथि दुर्व्यवहार !, प्रेम प्रस्ताव अश्वीकार गरेपछि जबरजस्ति सिंदुर लगाएर बेपत्ता

दमक । झापाको दमकस्थित पत्रकार मंच दमकका अध्यक्ष मनकुमार गदालले एक युवतीलाई दुर्व्यवहार गरेर बेपत्ता भएका छन ।

गत मंसिर ८ गते शनिवार दमकस्थित स्टार एफ एमको आफनै कार्यकक्षमा एक युवतीलाई फोन गरेर बोलाएर गदालले ति युवतीमाथि दुर्व्यवहार गरेका हुन । गदाल विगत एक वर्ष अघिदेखि स्टार एफ् एमका स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए ।

झापा तोपगाछीकी २३ बर्षिया ति युवतीलाई जन्मदिनको उपहार दिन भन्दै शनिबार बिहान नौ बजे आफनै कार्यकक्षमा गदालले बोलाएका थिए । ति युवती गदालको कार्यकक्षमा आए लगत्तै अध्यक्ष गदालले युवतीलाई प्रेम प्रस्ताव राखेका थिए । तर ति युवतीले सो प्रस्ताव ठाडै अस्वकार गरेपछि गदालले युवतीलाई म संग प्रेम गर्ने अनि अर्को संग विवाह गर्न लागेको भन्दै धम्क्याएका थिए ।

त्यसपछि गदालले युवतीलाई केहि समय तेहि बस्न भनि धक्याउदै बाहिर निश्किए र नजिकैको पसलमा सिन्दुर किने आफनो कार्यकक्षमा पुगि युवतीलाई जवरजस्ति सिन्दुर लगाई दिएका थिए । सो पछि गदाल स्वयमंले युवतीको घरमा फोन गरेर तपाईहरुकी छोरीलाई मैले सिन्दुर लगाए छोरी हराइन भनेर नआत्तिनु होला भनेर फोन समेत गरेका थिए ।

पीडित युवतीले घटनाभए लगत्तै आफनो घर परिवारमा फोन गरेर आफुमाथि दुव्र्यवहार भएको जानकारी गराएकी थिईन । भने सो पछि गदाल लगत्तै भागेका थिए । घटन भएको केहि समयमा नै युवतीका आफन्तहरु स्टार एफ एममा आइपुगेका थिए ।

आक्रोशीत आफन्त तथा ति युवतीकी आमाले गदालको कार्यकक्षमा तोडफोड समेत गरेका थिए । गदाल नेपाल मानब अधिकार संगठन झापाका उपाध्यक्ष, प्रेष चौतारी झापाका उपाध्यक्ष समेत रहेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖