संरक्षण गर्ने सम्पर्कमा नआएपछि रोगले थलिएकी बृद्धालाई उपचार पछि मुलघाटस्थित बृद्धाश्रममा राखियो
धनकुटा खबर । विपन्नताका कारण उपचार अभावमा पाठेघर सम्बन्धी जटिल रोगले थलिएकि एकबृद्धालाई उपचार पछि बृद्धाश्रममा राखिएको छ ।
धनकुटाको साँगुरीगढि गाउँपालिका ४ उखुडाँडाँकि ६५ बर्षिय असारमाया राईको गत कार्तिकमा सदरमुकाममा संचालित अलोहा मेडिकल मिसनमा पाठेघरको निशुल्क उपचार गरिएको थियो । शल्यकृया पछि एकमहिनासम्म जिल्ला अस्पताल धनकुटाको निगरानिमा राखेर विश्रान्ति स्थित बृद्धाश्रममा बसोबासको ब्यबस्था मिलाइएको नागरिक समाज धनकुटाका अध्यक्ष द्रोर्णप्रसाद गुरागाइले बताउनु भयो ।

राई लेउती किनारको छाप्रोमा बसि बालुवा चालेर गुजरा गर्दै आएकि थिइन् । संरक्षण गर्ने सन्तान र आफन्त सम्पर्कमा नरहेकाले मुलघाट स्थित विश्रान्ति बृद्धाश्रममा बसोबासको ब्यबस्था मिलाइएको गुरागाइले जानकारि दिनुभयो । सहारा विहिन राइलाई सोमबार विश्रान्ति बृद्धाश्रम ब्यबस्थापक कमला शर्माको जिम्मा लगाइएको हो ।
समाजसेवि दोर्णप्रसाद गुरागाई, विजय सन्तोषी राई, रोषेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ र सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बस्नेतको पहलमा लामो समयदेखि पाठेघरको जटिलसमस्या झेल्दै आएकि असारमाया राइको उपचार संवभ भएको थियो ।




