ए डिभिजन लिग : थ्री स्टार र पुलिस विजयी

काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम ९एनआरटी०लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि थ्री स्टारले खेलको ७५औँ मिनेटमा रञ्जित धिमालको गोलबाट अग्रता लिएको थियो । थ्री स्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाए पनि रञ्जितले रिबाउण्डमा आएको बललाई गोलमा परिणत गरेका थिए । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रञ्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध पनि गोल गरेका थिए । दोस्रो हाफको इञ्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारको जीत पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडरमार्फत नै गोल गरेका थिए ।

जीतसँगै थ्री स्टारले चार खेलमा नौ अङ्क जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि चार खेलमा एक अङ्कमै रहेको छ । लगातार दुई खेल जितेर उत्कृष्ट ुशरुआत गरेको थ्री स्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।

यसैगरी आजै हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको अर्को खेलमा च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसको जीतमा खेलको ३८औँ मिनेटमा रवि पासवानले गोल गरेका थिए । त्यसैगरी खेलको ८८औँ मिनेटमा भरत साहले गोल गर्दै पुलिसको जीत सुनिश्चित गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।