यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । गायिका यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यशोदा २’ गीति एल्बममा रहेको उक्त न्युजिक भिडियो हालै सार्वजानिक गरिएको हो ।

यो गीतको म्युजिक भिडियोमा समाजसेवी, ब्युटीसियन तथा गीतकार ममता राई, कोरियोग्राफर रमेश सुनुवारको शसक्त अभिनय रहेको छ । म्युजिक भिडियोमा कमला राई र मेलिशा राईले अभिनयमा साथ दिएका छन् ।

आर्जु बिष्ट सल्यानीको शब्द रचनालाई पविधन खालिंग राईले संगीत गरेका छन् । यो गीतको एरेन्ज राजन इशानले गरेका हुन् भने मिक्सिङ्ग किशोर थापाकोले गरेका हुन् ।

शम्भु मोक्तान र ओम कर्मचार्याले अमेरिका न्युयोर्कको विभिन्न स्थानमा यो गीतको भिडियोलाई कैद गरेका हुन् भने म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा कोरियो ग्राफ र निर्देशन पनि रमेश सुनुवार आफैले नै गरेका छन् । म्युजिक भिडियो यहाँ हेर्नुहोला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।