सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन, केही दिनमै जता हेर्‍यो उतै सरकार देख्नुहुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘सरकार हरायो कहाँ छ भनेर पत्रपत्रिकामा कसैले सोधेछन् । कसैले सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन सरकारले भन्ने पनि सुनियो’, उहाँले भन्नुभयो, ‘यो सरकार जुम्रा मार्न पनि होइन, अनि सिन्का भाँच्न पनि होइन यो त देश बनाउनका लागि हो ।’ सरकार खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले अझै देख्नु भएन भनेर प्रतिप्रश्न पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार देख्नुभएन भने चस्मा लगाउनु पर्दैन, चस्मामा पावर पनि हाल्नु पर्दैन अब त तपाईँले नचाहेर पनि सरकार देख्नु हुन्छ ।’ ‘सरकार कहाँ छ भनेर श्रमजीविलाई सोध्नुस, दुख पाएका लाई सोध्नुस उहाँहरुबाट पाउनु हुनेछ सरकार कहाँ छ भन्ने जवाफ’, उहाँले भन्नुभयो ।

केही दिनमै जता हेर्यो त्यतै सरकार देखिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची काठमाडौं आउँछ त्यसले अर्को जवाफ दिन्छ सरकार कहाँ छ भन्नेहरुलाई । बाटोमा धुलो उड्न कम भएको छ । काठमाडौंको धुलो बढारिन्छ, धोइन्छ अनि थाहा पाउनुहुनेछ सरकार । कलंकी नागढुंगा सडक वर्षौँदेखि बनेको थिएन तर अहिले जानुस् धमाधम बन्दै छ । अब त जता फर्क्याे त्यतै सरकार देख्न थालेपछि आफै चुप लाग्नुहुनेछ ।’

प्रधानमन्त्री ओलीले सरकार श्रमजीवीको साथमा भएको बताउँदै उनीहरुको भविष्य उज्ज्वल बनाउन लागिपरेको बताउनुभयो ।

https://youtu.be/1b6EgIQLZJE



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।