प्रदेश १ स्तरिय भलिवल : आजको क्वाटरफाइनल खेलमा कुन-कुन जिल्ला विजय भए ? – हेर्नुस्

धनकुटा खबर । मदनभण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा धनकुटामा जारी प्रदेशस्तरिय भलिवल प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा भोजपुर, ओखलढुंगा, सुनसरी र झापा विजय भएका छन ।

भोजपुरले संखुवासभालाई २५—२३, २३—२५,२५—१८ र २५—१८ ले पराजित गर्यो । त्यस्तै सुनसरीले खोटाङलाई २५—१६,२५—२१ र २५—२० पराजित गर्यो । ओखलढुंगा र तेह्रथुम विच भएको खेलमा ओखलढुंगाले तेह्रथुमलाई २५—१५, २६-२४ र २५—१३ ले पराजित गर्यो ।

त्यस्तै झापा र ताप्लेजुङ विच भएको खेलमा झापाले ताप्लेजुङलाई पराजित गर्यो । उसले २२—२५,२५—१५,२५—१७ र २५—१६ ले पछि पार्यो । जित सगै भोजपुर,ओखलढुंगा,सुनसरी र झापा सेमीफाइनलमा प्रवेश गरेका छन ।

भोली हुने पहिलो सेमिफाइनल खेल भोजपुर र झापा र दोस्रो सेमिफाइनल खेल सुनसरी र ओखलढुंगा विच हुने मुख्य रेफ्री विनय राइले जानकारी दिनु भयो ।

मंसिर १३ गतेसम्म संचालनहुने प्रतियोगितामा प्रथम हुने टीमले एकलाख ५१ हजार एकसय सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले एकलाख, एकहजार, एकसय ११ रुपैयाँ तथा तेस्रो हुनेले ५१ हजार एकसय ११ रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रदेश नम्वर एकका १४ वटा टीमको सहभागिता छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।