खड्ग बहादुर जोगीलाई बचाउन ‘ब्लड मनी’ संकलन
धनकुटा खबर । ४ बर्ष अघि देखि हत्याको आरोपमा दुबहीको सेन्टर जेलमा रहेको तेह्रथुम फेदाप गाउँपालिका २ ओयाक्जुङ्गका २ का खड्ग बहादुर जोगीलाई बचाउन धनकुटाको सिंधुवामा आर्थिक संकलन गरिएको छ ।
ड्युटिमा जाने क्रममा उनी संगै सवार फिलिपिन्सका एक मजदुरको मृत्यु भएपछि उनी हाल जेल जीवन बिताई रहेको दाजु हेम प्रसाद जोगीले बताए । घाईते भएका कामदारलाई लिएर अस्पताल लगेर बचाउन खोजेपनि उनको मृत्यु भएपछि त्यहाँको प्रहरीले जोगीलाई हत्याकोे आरोपमा जेल हालेको थियो ।

आउने चैत्र ९ गते(मार्च २३) सम्ममा ६२ लाख रुपैंया ब्लडमनी तिरेर जोगीलाई मृत्युदण्डको सजायबाट बचाउन सहयोग संकलन जारी रहेको दाजु हेमले जानकारी दिए ।


