धनकुटाका संस्थाहरुको देउसी-भैलोको रकम सामाजिक काममा, हेर्नुहोस कसले के गरे ?

धनकुटा खबर, १२ मंसिर । धनकुटाका बिभिन्न संस्थाहरुले तिहारमा देउसी तथा भैलो कार्यक्रम गरेर संकलन गरेको रकम सामाजिक काममा खर्च गरेका छन् ।

धनकुटा ६ को हाम्रो बहुमूखि पाठशालाले तिहारको अवसरमा देउसीभैलो कार्यक्रमबाट जम्मा गरेको २ लाख ५८ हजार रुपैयाँ विभिन्न जातजातिका भेषभूषा र गरगहना खरिद गर्ने संयोजक सरोज भुजेलले जानकारी दिएका छन् ।

उता धनकुटा ४ देव्रेवासमा रहेको नमूना बाल क्लवका बालबालिकाले देउसीभैलो खेलेर २७ हजार रकम संकलन गरेका छन् । संकलित रकम धनकुटा नगरपालिका ४ मा रहेको मदन स्मृति केन्द्रका द्धन्द्धपीडित असाहाय बालबालिकाहरुका लागि खर्च गरिने बाल क्लवका अध्यक्ष निराकार अधिकारीले बताए ।

यसैगरी किरात संस्कार संस्कृति संरक्षण समिति हिलेले आयोजना गरेको देउसी कार्यक्रबाट १ लाख संकलन गरेको छ । संकलित रकमबाट किरात भाषा संस्कृति क्षेत्रका लागि खर्च गरिने संस्थाका सल्लाहाकार जीवन राईले बताए ।

होटल एशोसिएशन अफ भेडेटारले भवन निर्माण सहयोगका लागि तिहारमा खेलेको देउसीभैलोबाट ३ लाख ४३ हजार रकम संकलन गरेको छ । पर्यटकीय स्थल भेडेटारमा एशोसिएशनले आगामि बैशाखभित्र आफ्नै भवन निर्माण गर्न तिहारको अवसरमा तीन दिन खेलेको देउसीभैलोले सो रकम संकलन गरिएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

छथरजोरपाटि गाउँपालिका २ स्थित जोरपाटि बजार व्यावस्थापन समितिले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलित रकमले बजार सरसफाइका लागि डस्वीन खरिद गरेको छ । समितिले आयोजना गरेको देउसी भैलोबाट १ लाख ७ हजार संकलन गरेको समितिका अध्यक्ष योगेन्द्र पुलामी मगरले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।