धनकुटामा बन्यो नेकपाको वडा कमिटी, टुंगियो सबै वडामा पार्टी एकता प्रक्रिया

धनकुटा । पार्टी एकतापछि कार्यकर्ता समायोजनमा समस्या आइरहेका बेला धनकुटामा भने वडा तहसम्म एकता प्रक्रिया टुंगिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य हेमराज भण्डारीको पहलमा धनकुटाका सबै वडामा पार्टी एकता प्रक्रिया टुंगिएको हो । धनकुटाका सात स्थानीय तहमा ६० वटा वडा छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि जिल्ला र स्थानीय तहमा अझैं एकता हुन सकिरहेको छैन । बल्लबल्ल प्रदेश कमिटीले भने बुधबार पूर्णता पाएको छ । धनकुटामा भने प्रदेशले नै पूर्णता नपाउँदै एकसाता अघि नै वडा तहमा एकता भइसकेको छ ।

जिल्लामा सबैलाई एक बनाउन भण्डारीकै पहलमा तिहारअघि सात वटै तहमा दुवै पार्टीबाट ४/४ जना सदस्य सम्मिलित कार्यदल बनाएको थियो । धनकुटामा केन्द्रमा भएको सहमतिअनुसार सबै वडामा २९ सदस्य वडा कमिटी बनेको हो ।

एकता प्रक्रियाका बेला बनाइएको निर्देशिकामा वडामा २९, गाउँपालिकामा ७५, नगरपालिकामा ८१, उपमहानगरपालिकामा १ सय १ र महानगरपालिकामा १ सय २५ सदस्य कमिटि बन्ने उल्लेख छ ।

अब चाँडै स्थानीय तह र जिल्लामा एकता प्रक्रिया टुंग्याउने तयारी भइरहेको केन्द्रिय सदस्य भण्डारीले बताए । भण्डारी पहिलो संविधानसभाको निर्वाचनमा धनकुटा क्षेत्र नं. १ बाट विजयी भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।