म्यान्माका स्टेट काउन्सिलर र कम्बोडियाका प्रधानमन्त्री नेपालमा (भिडियो सहित)

काठमाडौँ, १३ मङ्सिर । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुग्नुभएको छ ।

नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

त्यस्तै एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।