भूमिहीन नागरिकले अब जग्गा र आवास दुवै पाउने

काठमाडौं । भूमिहीन नागरिकले अब आवास पाउने भएका छन् ।

सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहिनहरुले पनि जग्गा र आवास दुवै पाउने भएका हुन् । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहिन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिए ।

बिहिबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले जनता आवास कार्यक्रमले अव गति लिने पनि बताए । मन्त्री राईले जनता आवास कार्यक्रममा अनियमितता गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।

बैठकमा समितिका सदस्यहरुले जनता आवास कार्यक्रममा भ्रष्टाचार हुने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । मन्त्री राईले त्यसको जवाफ दिँदै भ्रष्टाचार गरेको पाइए दोषीमाथि कडा कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । बैठकमा समितिका सदस्यहरुले भूमिहिन नागरिकहरुलाई उच्च प्राथमिकता दिएर जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएका थिए ।

समितिका सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले भूहिहिनलाई उच्च प्राथमिकता दिएर जनता आवास कार्यक्रमलाई अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले तराईमा दलित जातिहरु जमिनको अभावमा जनता आवास कार्यक्रमबाट बञ्चित हुनुपरेको भन्दै सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत बस्ती विकास कार्यक्रमलाई व्यापक छलफल गरेर अघि बढाउन सरकारसँग आग्रह गर्नु भयो । उहाँले सहरी बस्ती विकास कार्यक्रमलाई अघि बढाउन ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले सहरी विकास योजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । रातोपाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।