सिकाइ केन्द्रलाई आर्थिक अभाव !

धनकुटा खबर । सञ्चालन खर्च अभावका कारण धनकुटाको साँगुरीगढी गाँउपालिकामा सञ्चालनमा रहेका सामुदायीक सिकाइ केन्दहरु समस्यामा परेका छन् ।

गत श्राबण महिना यता सञ्चालन खर्च नआउदा गाँउपालिकामा सञ्चालित ७ सामुदायीक सिकाइ केन्द्र समस्यामा परेका हुन् । एक केन्द्रको लागि बार्षिक एक लाख रुपैया निर्धारण गरिएको छ । जसवाट कार्यलय ब्यबस्थापनको साथै बिभिन्न पुस्तक पत्रपत्रिका खरीद गर्ने गरीएको छ ।

गत आर्थिक बर्ष सम्म जिल्ला शिक्षा समन्बय समितिले खर्च निकासा गदै आएकोमा यो बर्षवाट भने स्थानिय तहले खर्च बेहोर्ने शिक्षा समन्बय समितिले जनाएको छ ।

यता गाँउपालिकाले भने कुन शिर्षक वाट खर्च गर्ने भन्ने कुरानै टुङ्गो नभएको जनाएको छ । रकम निकासा नहुदा सञ्चालनमा समस्या परेको ध्बजे डाँडा सामुदायकि सिकाइकेन्द्रका अध्यक्ष ध्रुब घिमिरेले जानकारी दिनुभयो ।

समाजका रहेक ब्याक्तिलाइ साक्षर बनाएर निरन्तर पढाइ बिकास गर्ने उदेश्यका साथ २०५९ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यलयले सामुदायीक अध्यायन केन्द्रको नाममा स्थापना गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।