डिएसपी राउतको फाइल झिकाउने आदेश

काठमाडौँ, १४ मङ्सिर । सर्वोच्च अदालतले सुन तस्करी प्रकरणमा प्रहरी नायब उपरीक्षक सञ्जयकुमार राउतसम्बन्धी घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्र्तत फाइल झिकाउने आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्तर्गत बनेको अध्ययन समितिको फाइल मगाउने आदेश जारी गरेको हो । जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि राउतले गत कात्तिक १२ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो ।

डेढ महीना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो ।

आरोपितविरुद्ध सङ्गठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी(पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो । मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी राज्यलाई रु १७ अर्ब एक करोड ८० लाख नोक्सान पु¥याएको अभियोगपत्रमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।