पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्षलाई स-सम्मान बिदाई
धनकुटा खबर । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार समाजसेवी शिक्षा बिद गोपाल प्रसाद अधिकारीलाई आज स-सम्मान बिदाई गरिएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार शिक्ष बिद गोपाल अधिकारी धनकुटाबाट बसोवास गर्न अव काठमाण्डौ जानु लाग्नृ भएकाले उहालाई आज धनकुटा नगरपालिका वडा नं. ५ स्थित तल्लोकोप्चेमा उहाले पु¥याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै खादा माला लगाई सम्मान गर्दै सम्मानका साथ बिदाई गरिएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा धनकुटकाका सस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेला,पत्रकार कृष्णगोविन्द्र अधिकारी लगायतले पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार गोपाल प्रसाद अधिकारी र उहाका धर्मपत्नी महिला अधिकारकर्मी प्रध्यापक सविता अधिकारी लाई ढाकाको दोसल्ला,खादा तथा माला लगाई दिई सम्मान साथ विदाई गर्नु भएको थियो ।

धनकुटा वहुमुखी क्याम्पसमा लामो समय सम्म अध्य पढाउनु भएका वरिष्ठ पत्रकार तथा धनकुटा पत्रकार महासंघका पूर्व अध्यक्ष गोपाल अधिकारीले धनकुटाका शिक्षा क्षेत्रको विकासको संर्गै पत्रकारिता , साहित्य क्षेत्रको विकासका र समाज परिवर्तनमा समेत महत्वपूर्ण र अतुलनीय योगदान पु¥याउनु भएको र नेपाली कांग्रेस धनकुटाको संगठन विस्तार र सुदृढीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको नेपाली कांग्रेसका सचिव समेत रहनु भएका नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
वरिष्ठ पत्रकार तथा पूर्व अध्यक्ष गोपाल प्रसाद अधिकारी धनकुटा वहुमुखी क्याम्पसमा अध्यापनगर्दै विभिन्न समाजिक संघ संस्थहरुमा क्रियाशिल हुनुहुन्थ्यो उहा अहिले पनि नेपाल पत्रकार महासंघ धनकुटा र नेपाल प्रेस युनियन धनकुटाको वरिष्ठ सल्लाहकार,नेपाली कांग्रेसको सल्लाहकार तथा प्रशिक्षक लगायत विभिन्न क्षेत्रहरमा निरन्तर रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो । सो अवसरमा वरिष्ठ पत्रकार तथा राजनितिज्ञ शिक्षाबिद गोपाल प्रसाद अधिकारीले नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राईलाई एक दर्जन भन्दा बढी पत्रकारिता,ईतिहास तथा राजनितिसंग सम्वन्धित पुस्तकहरु प्रदान गर्नु भएको थियो ।

उहाको बिदाईमा नेपाली कांग्रेस धनकुटका पूर्व कोषाध्यक्ष विकास प्रधान,धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव जयन्द्र प्रधान,समाजसेवी बद्री अधिकारी,माधव प्रधान,आशिष कर्माचार्य,अभिषेक कर्माचार्य,राजेश श्रेष्ठ,नरेश श्रेष्ठ लगायत धनकुटा नगरपालिका वडा नं. ५ का स्थानीय वासिन्दाहरुको सहभागीता रहेको थियो ।
धनकुटा नगरपालिका वडा नं. ५ स्थित तल्लोकोप्चेमा स्थायी रुपमा वस्दै आउनु भएका वरिष्ठ पत्रकार तथा समाजसेवी शिक्षाबिद गोपाल प्रसाद अधिकारीसवैपरिवारका साथ बसराई सराई गरी स्थायी रुपमा काठमाण्डौ वस्नका लागी आज जानु भएको हो ।


