ए डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत

काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा फ्रेन्डस्ले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो । जीतसँगै फ्रेन्ड्स ४ अङ्कका साथ लिगको नवौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको जीतमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक एक गोल गरे ।

खेलको ६६औँ मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८४औँ मिनेटमा संजोकले एक गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अनिलले एक गोल गर्दै फ्रेन्ड्सलाई थप गोल दिलाए । खेलमा फ्रेन्ड्सका कप्तान असिम भुसाल म्यान अफ दि म्याच घोषित भए । परािजत भएको मछिन्द्र दुई अङ्कका साथ लिगको १२आँैं स्थानमा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।