प्रवेश शुल्कबाट १ लाख ७५ हजार रुपैयाँ संकलन
धनकुटा खबर । धनकुटा नगरपालिकाले फोहोर मैला व्यावस्थापन केन्द्रमा बैशाख देखि लगाएको प्रवेश शुल्क बाट १ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ ।
नगरपालिकाले समुहमा फोहोर मैला व्यावस्थापन केन्द्रमा आउने बाट रु ५ हजार लिने गरेको छ यसरी उठाएको रकम अहिले १ लाख ७५ हजार रुपैयाँ बराबर भएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।
नगरपालिकाले मरेका जनावर, मानव शौचालय तथा शहरबाट संकलन गरिएको फोहरको थुप्रो माथिनै फूलवारी सहितको सुन्दर पार्क निर्माण गरेको हो । त्यसैले यहाँको फोहोर मैला व्यावस्थापनको बारे जानकारी लिन र अवलोकान गर्न देश भरिका विभिन्न स्थानका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सहित अन्य निकायबाट समेत टोली नै बनाएर अबलोकन भ्रमणका लागि आउने गरेको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल बताउछन् ।


