खाल्साका ६ पापनी गायकहरुलाई सम्मान
धनकुटा खबर । खाल्सा क्षेत्रमा मनाईने पापनी(वाडाङ्मी) पर्वमा गीत गाउने ६ जना पापनी गायकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कार्तिक पूर्णिमा देखि सहिदभूमी गाउँपालिका क्षेत्रमा ६ दिन ६ रात मनाईने पापनी नाच (ढोल नाच) मा गीत गाएर योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मान हुनेहरुमा खनप्रसाद राई, वनवीर राई, पुरखामायाँ राई, मन बहादुर राई, भिम बहादुर राई र पूर्व श्वरी राई रहनुभएको छ । उनीहरुलाई वडा नं. ३ को आर्थिक सहयोग तथा संस्कृति संरक्षण समिति छिन्ताङले एक कार्यक्रमको आयोजना गरेर एक–एक थान मोवाईल र कदर–पत्रले सम्मान गरिएको हो ।

सम्मानित गायकहरुलाई प्रदेश सभाका सांसद निरन राई,गाउँपालिका अध्यक्ष मनोज राई,वडा अध्यक्ष योगेन्द्र राई,आयोजक संस्थाका अध्यक्ष दयाराज राईले सम्मान गर्नुभएको थियो । पापनी संस्कृति संरक्षण गर्न प्रेरणा जगाउने उदेश्यले वडा नं. ३ ले हरेक बर्ष पापनी कलाकारहरुलाई सममान गर्दै आईरहेको वडा अध्यक्ष योगेन्द्र राईले जानकारी दिनुभयो ।

साबिक आाखिसल्ला,खोकु र छिन्ताङका बिभिन्न स्थानहरुमा नाचिने पापनी नाच शोमबार बेलुका खोकुको नाच पछि सकिने स्थानियबासीहरुले जानकारी दिएका छन् ।


