साईबर अपराध विरुद्ध धनकुटाका विद्यालयमा अन्तक्रिया
धनकुटा खबर । जिल्ला प्रहरी कार्यलय धनकुटा, प्रहरी विद्यालय सम्पर्क धनकुटा, संवाद समुह धनकुटा र स्टेप धनकुटाले साईवर अपराध विरुद्ध अन्तक्रिया विद्यालयमा सुरु गरेका छन् ।
समाजमा बढ्दै गएका यस्ता कृयाकलापको न्युनिकरण र समाधानका लागि आजबाट सूरु गरिएको कार्यक्रम २४ गते सम्म नगर भित्रका विभिन्न विद्यालयमा गरीने संवाद समुह धनकुटाका सदस्य विजयसन्तोषी राईले जानकारी दिए ।
गोकुण्डेश्वर वालमन्दिर विद्यालयमा आज गरिएको कार्यक्रमको उत्घाटन समारोहमा बोल्दै जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रमुख सुरेन्द्र बहादुर गुरुङ्गले साईबर अपराध समाजका लागि ज्यादै घातक रहेको बताउदै भविष्यका कर्णधार विद्यार्थीलाई साईवर क्राईमका बारे सन्देश मुलक शिक्षा दिनु आवश्यक रहेको बताए ।
आपराधीका कार्य लाई निरुत्साहित गर्दै समाजलाई सहि बाटोमा ल्याउन शिक्षक, विद्यार्थी, पत्रकार ,सामाजीक कार्यकर्ताको सहयोग प्रहरी लाई सदैब आवश्य रहने समेत उनको भनाई थियो ।
कार्यक्रमा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, संवाद समुहका अध्यक्ष कमल श्रेष्ठ, स्टेप धनकुटाका अध्यक्ष विमर्श अमात्य, शिक्षक चक्रपाणी सुवेदी, गोपाल राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व गोकुण्डेश्वर वालमन्दिरका विद्यालयका निमित प्रध्यानाध्यापक जिवन श्रेष्ठले गरेका थिए ।


