भलिवलको उपाधी साँगुरीलाई !
धनकुटा खबर । धनकुटाको चुलाचुलीमा २ दिन देखि जारी गाउँ तथा नगरपालिका स्तरीय अध्यक्ष भलिवल प्रतियोगिताको उपाधी साँगुरी गाउँपालिकाले जीतेको छ ।
छथर गाउँपालिकाको आयोजनामा सम्मन्न बिहिबार भएको फाईनल खेलमा साँगुरीले पाख्रीबासलाई सोझो ३ सेटमा हराएर बिजयी बनेको हो ।
जितका लागि साँगुरीले पाख्रिबासलाई २५–१६,२५–२२ र २५–१७ को सोझो सेटमा हराएको थियो । जित संगै साँगुरी गाउँपालिकाको टोलीले नगद ५० हजार सिहत ट्रफि,मेडल र सम्मान–पत्र जितेको छ । उप बिजेता पाख्रिबासले नगद ३० हजार सहित ट्रफि,मेडल र सम्मान–पत्र पाएको छ ।

बिजेता र उप–बिजेता टोलीलाई प्रदेश प्रमुख गोबिन्द सुब्बा, प्रदेश सभासद् निरन राई, गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । खेल अवधिभरिको म्यान अफ दि म्याच, स्पाईकर र सर्भिसको उपाधी क्रमशः साँगुरीगढीका आतेस मगर, आतेवा मगर र रोशन बिकले पाए । बेष्ट डिफेन्स पाख्रीबासका शरण काकीले र बेष्ट डिफेन्सको उपाधी छथरका बुद्धिराज लिम्बूले जितेका छन् ।

कार्यक्रममा धनकुटा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, प्रहरी निरिक्षक सुरेन्द्र बहादुर गुरुङ,शसस्त्र प्रहरीका डिएसपी बालकृष्ण श्रेष्ठ, सहिदभूमी गाउँपालिकाका अध्यष मनोज राई,चिया उत्पादक सहकारीका अध्यक्ष ईनद्र सारु मगरको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिका बाहेक घरेलु २ टोली सहित ५ स्थानिय तहका ६ वटा भलिवल टोलीको सहभागिता रहेको खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र लिम्बूले जानकारी दिए । समापन कार्यक्रममा स्थानिय यूवाहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम र लिम्बू जातिको पालाम नाच प्स्तुत गरेका थिए ।



