शहिदभूमिमा घट्यो सुन्तला उत्पादन !

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिकामा यो वर्ष सुन्तला उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

गत वर्ष करिव ११ सय मेट्रिकटन उत्पादन भएकोमा यस गाउँपालिकावाट यो वर्ष कम सुन्तला उत्पादन हुने देखिएको शहिदभूमि गाउँपालिका कृषीशाखाका प्राविधिक सहायक रत्न ठाडा मगरले वताउनुभयो ।

सो गाउँपालिकाको २,३,४,५ र ६ नं वडामा वढी मात्रामा सुन्तला उत्पादन हुने गरेकोमा जलवायु परिवर्तन र फल्ने वेला असिना पानीले क्षती पुर्याएको कारण यस वर्ष उत्पादनमा कमी आउने भएको उहाँले वताउनुभयो । प्राविधिक सहायक मगरका अनुसार यसवर्ष सो गाउँपालिकावाट ८ देखी ९ सय मेट्रीकटन सम्म मात्र सुन्ताला उत्पादन हुने अनुमान गरिएको छ ।

यता शहिदभूमि गाउँपालिका खोकुका सुन्तला कृषक मिमा राईले पनि यस वर्ष सुन्तला कम फलेको कारण आम्दानी घट्ने वताउनुभयो । उहाँले भन्नुभयो गएको साल सुन्तलावाट २ लाख जति आम्दानी भएको थियो तर यो वर्ष त १ लाख पनि पुग्दैन होला ।

त्यस्तै शहिदभूमि गाउँपालिका ६ की सूर्यमाया राईले पनि यसपाली सुन्तला थोरै मात्र फलेको भन्दै ८ देखी १० सम्म मात्र आम्दानी लिने अपेक्षा गर्नुभयो । उहाँले गतसाल सुन्तलावाट १३ हजार सम्म आर्थिक आम्दानी गर्नुभएको थियो ।

किसानहरुका अनुसार वर्षैउनी सुन्तला फल्ने ठाउँ फरक भईरहेको र फल्ने वेला असिनापानीले क्षती पुर्याएपछि उत्पादनमा कमी आएको हो । अहिले धनकुटामा किसानहरुले सुन्तला ५० देखी १ रुपयाँ प्रति किलो विक्रि गर्ने गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।