साऊदी फर्किन लागेका यी युवाले यस्तो दु:ख पाएपछि भक्कानिँदै भने,- सरकार नै गतिलो छैन, के गर्ने (भिडियो सहित)

काठमाडौं । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको विशेष एपिसोडमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. सुधारगृहका पूर्व कर्मचारी सुदिप ढुंगानाका अन्य करामत पनि हेर्नुहोस् ! (फलोअप) : सुकेधारास्थित ट्रान्सफरमेशन नेपाल प्रा.लि. नामक सुधारगृहमा बस्नेहरुसँग सञ्चालकले अमानविय कार्य गर्दै आएको हामीले देखायौं । जिल्ला प्रशासन कार्यालयका कमचारीहरुले उक्त सुधारगृह निमय अनुसार चलेको भनेर अनुगमन रिपोर्ट पेस गरेपछि प्रहरीसहित अनुगमन गराएपछि २१ जनाका उद्धार भएको थियो ।

२१ जनाको उद्धारपछि थप एक किशोर माथि सुधार गृहका पूर्व कर्मचारी सुदिप ढुङ्गानाले दुव्र्यवहार गरेको खुलेको छ । काठमाडौंका एक १४ बर्षीय किशोरलाई उनले यौन शोषण गरेको पीडित युवाले बताएका छन् ।

२. ‘न्यानो काख’-मानसिक सन्तुलन गुमाएका महिला र बालबालिकाको स्याहार घर ! : समाजमा सबै मानिस सधै एउटै अवस्था हुँदैन । आज ठीक मानिस अर्को दिन समस्या पर्न सक्छ, मानिसक सन्तुलन गुम्न सक्छ । कतिका परिवारले रेखदेख गरी उपचार गर्छन भने मानिसक सन्तुलन गुमाउने अधिकांश सडकमा बेवारिशे हुन्छन् ।

सडकमा बेवारिशे हुनेहरु प्रति सायदैको ध्यान जान्छन् । तर लुभुकी श्री नेहा पोखरेल र उनको टिमले सडकमा कोही बेवारिशे अवस्थामा भेटियो भने मन थाम्न सक्दैनन् । बाल्यकाल देखिनै सडकमा मानसिक सन्तुलन गुमाएर बेवारिशे बनेकाहरुलाइ सहयोग गर्ने श्री नेहा र उनको टिमले अहिले धेरै व्यक्तिको उद्धार र उपचार गराएका छन् ।

३. कहिले होला त श्रम अनुमति लिन सहज : वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वकृति सहज वितरणका लागि टोकन सिस्टम लागु गरे पनि सर्वसाधारणको समस्या जस्ताको तेस्तै छ ।

पर्वतको पाङका दुर्गाबहादुर चन्दरा ३ दिनदेखि श्रम कार्यालय धाए । श्रमका कर्मचारीहरुले कहिले के मिलेन कहिले के मिलने भनि उनको काम गरिदिएन्न । यो भन्दा अघि पनि ३ पटक विदेशमा काम गरेर फर्केका उनको श्रमकै कारण प्लेन छुटेपछि हाम्रो कार्यालय आए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।