धनकुटामा जारी फुटबलको फाईनल भोली
धनकुटा खबर । किराँत आठपरहीया समाज नेपाल धनकुटाको आयोजनामा धनकुटामा जारी शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीताको फाईनलमा वडा नं ७ र १ भीड्ने भएकाछन् ।
आजको सेमी फाईनल खेलमा वडा नं ५ सँग खेलेको ७ ले ० को विरुद्ध ३ गोल लगायदै फाईनलको यात्रा तय गरेको हो भने ९ सँग भीडेको १ नं वडाले २ को विरुद्ध ६ गोल हान्दै फाईलमा प्रवेश गरेको हो ।
आज भएका यी दुई खेलका म्यान अप दी म्याच क्रमश वडा नं ७ का जर्सी नं ११ का खेलाडी अविनास राई र वडा नं १ का जर्सी नं ११ का खेलाडी सवल मल्ल घोषित भएकाछन् । उनीहरुले नगद २/२ हजार प्राप्त गरेकाछन् ।

प्रतियोगिताको फाईनल भोलि २ वजेदेखी धनकुटा ५ टुडिखेलमा हुनेछ । प्रतियोगीताको विजेता टिमले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले नगद २० हजार सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।


