‘साइँली’को अपार सफलतापछि ‘साइँला-साइँली जोडी’को अर्को मार्मिक गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । गौरव पहारी र मेनुका प्रधानद्वारा अभिनित अर्को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । साइँलीको अपार सफलतापछि यो जोडी अभिनित गीतको भिडियो त ‘साँइ तमी’ सार्वजनिक भएको हो ।
गायिका रेखा शाहको स्वर रहेको ‘साँइ तमी’ बोलको गीत सोमबार सार्वजनिक भएको हो । यस्तै गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा ‘साइँला’ र ‘साइँली’को बिछोडलाई देखाइएको छ भने गीतलाई नितिन चन्दले निर्देशन गरेका छन् ।
उज्वल जोशीको छायांकन रहेको यस भिडियोलाई नितीन चन्द र दिपेन बस्नेतले संयुक्त रुपमा सम्पादन गरेका हुन् ।


