शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

काठमाडौँ, ६ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको हो । दश खेल खेलेको मछिन्द्रले लिगमा शीर्ष तीन अङ्क जोडेको यो पहिलो पटक हो ।

मछिन्द्रको जीतमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एक÷एक गोल गरे ।

त्यस्तै खेलमा शुरुआती अग्रता भने सरस्वतीले लियो । खेलको चौथो मिनेटमा मछिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्माघाती गोल गरे ।

त्यस्तै खेलको पहिलो हाफको १६औँ मिनेटमा मछिन्द्र विशालले एक गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै मछिन्द्रका विदेशी खेलाडी डियामान्डेले एक गोल थप्दै खेललाई २–१ को अग्रता ल्याए ।

त्यसैगरी खेलको २५औँ मिनेटमा मछिन्द्रका अनिलले एक गोल थपे । त्यसपछि खेलको ३६औँ मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओनेयामाले एक गोल थप्दै खेललाई ३– २ को स्थितिमा ल्याए ।

खेलको पहिलो हाफमा ३–२ ले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा विकासले पेनाल्टीमार्फत एक गोल गरेपछि मछिन्द्रले ४–२ को सहज जीत हात पा¥यो ।

खेलमा ‘म्यान अफ दी म्याच’ मछिन्द्रका कप्तान विशाल राई घोषित भए । यस जीतसँगै मछिन्द्र १० खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको ११औँ स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको सरस्वती १० अङ्कका साथ नवौँ स्थानमा छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।