विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले जित्यो ६ स्वर्ण

काठमाडौँ, १७ पुस । सातौँ विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले छ स्वर्ण जितेको छ ।

थाइल्याण्ड कुङफु सङ्घको तत्वाधान तथा विश्व कुङफु महासङ्घद्वारा थाइल्याण्डको फुकेटमा यही पुस १४ देखि आजसम्म भएको प्रतियोगितामा नेपालले छ स्वर्णका अलावा थप पाँच रजत पनि जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिनुभयो ।

पुरुष थाउलुमा आयुव घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ, पुरुष सान्डा ७० केजीमा आर्योन राई, महिला थाउलुको सर्ट वेपनमा सियाङ तामाङ, महिला थाउलुमा सौन्दर्य गुरुङ र पुरुष मकी थाउलुमा कमल मगरले नेपाललाई स्वर्ण दिलाएका हुन् । प्रतियोगितामा विभिन्न १२ राष्ट्रका करीब २५० खेलाडीको सहभागिता रहेको उमा कुङफु सङघले जनाएको छ ।

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले आज सात स्वर्ण पदक जितेको छ ।

भारतको कोलकातामा यही पुस १४ गतेदेखि शुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा चार स्वर्ण जित्न सफल भएको टोली व्यवस्थापक रोशन खानले जानकारी दिनुभयो ।
फाइटतर्पm जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिशा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भएका थिए । पुम्सेतर्पm रोशन खान, हिमलाल बेलबासे र निसा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।

पुम्सेमै विपिसा विकले फाइनलको यात्रा तय गरे पनि स्वर्ण जित्न असफल भइन् । सञ्चिता थापामगर भने कास्य पदमा सीमित भइन् । नेपाली टोलीको प्रशिक्षकमा सञ्जय विश्वकर्मा, अजय नेपाली, राजेशकुमार तामाङ, मेलिना गुरुङ र दीपनारायण चौधरी रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।