कलालाई जिउने आधार बनाऊँदै महेश, यस्तो छ पछिल्लो भिडियो – हेर्नुस्

झण्डैं आधा दशक देखी महेश दुधराज मोडलिङमा क्रियाशिल छन् । आकर्षक जीउडालका महेशको एउटै उद्देश्य सफल कलाकार बन्ने छ । उनले हालसम्म कुनै हेन्डसम प्रतियोगितामा भाग नलिए पनि मोडलिङमा भने निकै राम्रा पर्फमेन्स दिँदै आएका छन् । सानैबाट यस क्षेत्रमा रुची भएका कारण उनी निरन्तर मोडलिङमा छन् । काठमाडौं घर भएका महेश छुट्टै पहिचान बनाउन आफू यो क्षेत्रमा प्रवेश गरेको बताउँछन् ।

एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका महेश ठूलो पर्दामा पनि काम गर्छन । नृत्य एवं अभिनयमा निक्कै दख्खल राख्छन् महेश । उनको अभिनय रहेको तीनवटा फिल्म पनि सार्वजनिक भएको छ । जहाँ उनी मुख्य रोलमा छन् । घर परिवारको राम्रो साथ अनि साथीभाईको हौसला रहेका उनलाई केही अग्रजले कलाकारितामा भविष्य छ भन्ने सुझाव दिएपछि यो क्षेत्रमा लागिरहेका छन् । गायक रबि बर्जचार्यको पहिलो साँझहरुको गीतबाट डेब्यु गरेका उनी मोडलिङलाई प्रतिभा प्रस्फोटनको दरिलो माध्यमका रुपमा लिन्छन् ।

हाल पनि सुटिङमै व्यस्त रहेको बताउदैं महेश भन्छन्, कला क्षेत्रलाई जिउने आधार बनाइरहेको छु । उनले र उनका साथी निशा र सानुले अभिनय गरेको एक्लो एकान्तमा अहिले निक्कै रुचाईएकोे छ । उनको अभिनयमा निक्कै उत्कृष्ठता देखिएको छ । जसको गायक सानु स्याङ्वाको हुन् । जुन गीतको निर्देसन हरि वाग्लेले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।