धनकुटाको चौविसेमा वडा स्तरिय फुटवल
धनकुटा खबर । धनकुटाको चौविसेगाउँपालिमा आजवाट वडा स्तरिय फुटवल प्रतियोगिता शूरु भएको छ ।
चौविसेगाउँपालिका २ नं वडा खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको एक कार्यक्रमको वीच वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले उद्घाटन गर्नुभएको हो । २ नं को विभिन्न स्थानमा एउटा भलिवल र दुईवटा फुटवल खेल खेलाउने गरि वडा परिषदवाटै भएको निर्णय अनुसार खेलाईएको यो प्रतियोगिताको आजको उद्घाटन खेलमा आयोजक ए र चौविसे गाउँपालिका ३ कुरुले तेनुपा भीडेका छन् ।
यी दूई टिम वीचको खेलमा दुवै टोलिले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि ट्राईव्रेकर मार्फत हार जीतको टुंगो लागेको छ । ट्राईव्रेकरको समयलाई सदुपयोग गर्दै कुरुले तेनुपाले ३ को विरुद्ध ४ गोल लगाउदै जीत निकालेको वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले वतानुभयो ।
साविक विभिन्न गाविसका जम्मा १४ टिमको सहभागिता रहेको प्रतियोगिताका विजयी प्रथम समूहले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साविक मुढेवास ६ चिहान डाँडा खेल मैदानमा जारी प्रतियोगिताको भोलिको खेल विहान १० वजेदेखी शूरुहुने छ ।
विभिन्न ठाउँका भलिवल र फुटवल खेलाउने परिषदको निर्णअनुसार भलिवल यसअघि नै भईसकेको छ भने अर्को फुटवलखेल आगामी माघ १ गतेदेखी त्रीवेणी खेल मैदानमा हुनेछ । तीन वटा प्रतियोगिता सञ्चालनका लागि वडाले १ लाख ४० हजार वजेट विनियोजन गरेको थियो ।


