कार्यक्रम कटौतीसंगै धनकुटाको रेशम खेति संकटमा !
धनकुटा खबर । सरकारको उपेक्षाको सिकार बनेको धनकुटाको रेशम विकास कार्यक्रम निस्प्रभावित बनेको छ । २०५१ सालमा जापान सरकारको सहयोगमा सुरु भएको कार्यक्रम कटौतीसंगै संकटमा परेको कार्यक्रम अहिले भने कार्यक्रम विहिन बनेको हो ।
जापानी सहयोग कटौती भएसंगै घट्न थालेको रेशम खेति किसानलाई दिईने सबै कार्यक्रम यो बर्षबाट बन्द भए संगै कार्यलय परिषरमा लगाएको खेतिमा मात्र सिमित भएको छ । रेशम विकास कार्यक्रमको नाममा किसानका लागि आउने सबै कार्यक्रम यो बर्षबाट कटौती भएको कार्यलयकी प्राविधिक सहायक इन्द्रावती प्रजाले जानकारी दिईन् ।

उनले भनिन्न “केहि बर्ष पहिला सम्म चौके किराको अण्डा खरिदमा राजश्व छुट हुने किम्बुको विरुवामा अनुदान किरा पालनका लागि घर निर्माणका लागि अनुदानको व्यवस्था थियो तर अहिले त्यो सबै बन्द भए पछि प्राविधिकले पनि किसानलाई खेति तर्फ लाग्नुहोस् भन्ने अवस्था रहेन र किसान पनि यस खेति तर्फ आर्कषित हुन छाडेका छन् ” ।
बर्षको ४ पटक सम्म उत्पादन लिन सकिने र काचो कोकुनको मुल्य प्रति केजी ३ सय ५० र सुकेको कोकनको मूल्य ७ सय ५० रुपैया सम्म पर्ने गर्दछ । धनकुटाका अघिल्लो बर्ष १ सय ७५ किलो कोकुन उत्पादन भएको कार्यलयले जनाएको छ ।


