उपाधि जित्न नेपाललाई १२२ रनको लक्ष्य

काठमाडाँै, ५ माघ । थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।

थाइल्याण्ड पनि अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो । अहिले केहीबेरमा नेपाल जवाफी ब्याटिङमा उत्रनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖