नेपालले पाकिस्तानलाई १० विकेटले हरायो

काठमाडौँ, १५ माघ । पाकिस्तानको लाहोरमा आजदेखि शुरु भएको न्यूनदृष्टियुक्त महिला क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै १० विकेटले जितेको छ ।

पाकिस्तानले दिएको ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा विनिता पुनले अविजित २८ रन जोड्दा मनाक्षी चौधरीले अविजित १९ रन जोडिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ११ ओभर ३ बलमा अलआउट हुँदै ५३ रन जोडेको थियो । पाकिस्तानकी किरनले सर्वाधिक नौ तथा निम्राले अविजित छ रन जोडिन् ।

खेलमा प्लेयर अफ दि म्याच नेपालकी विनिता पुन र भ्यालुएबल प्लेयर अफ दि म्याच सरिता घिमिरे घोषित भइन् । जितसँगै नेपालले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । अब नेपालले बिहीबार दोस्रो खेल खेल्नेछ । पाकिस्तान न्यूनदृष्टियुक्त क्रिकेट परिषद्को निमन्त्रणामा नेपाली टोली सिरिजका लागि त्यहाँ गएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।