उन्नत कृषि प्रविधिका विषयमा धनकुटाका खेतबारिमै अध्यन
धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाउपालिकाको वडानम्वर २ र ३ का किसानले आफ्नो खेतबारिमा उत्पादन हुने कृषि उपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारिमै अध्यन गर्न थालेका छन् ।
खेतबारिमा उत्पादन गर्दै आएको तरकारिबालिको उनीहरुले कृषक पाठशाला मार्फत खेतबारिमै सिकेर उत्पादन गर्न पाउने मौका मिलेको बताएका छन । परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दै आएका कृषकले छथर जोरपाटि गाउपालिकाको कृषि शाखा मार्फत १६ हप्ते कृषि पाठशाला सञ्चालन गरेको कृषि शाखा प्रमुख खगेश्वर तिम्सिना ले जानकारि दिनु भयो ।
कृषि पाठशालामा गाउपालिकाको वडा नम्वर २ र ३ का खोजुम कृषक समुह , मार्गेश्वरि मिश्रित कृषि समुहका किसानहरुलाई परम्परागत र आधुनिक कृषि उत्पादन बारे सिकाई रहेको छ । कृषक पाठशाला मार्फत उन्नत प्रविधिमा व्यवसायिक कृषि खेति तर्फ अग्रसर गराउने उद्देश्यका साथ कृर्षि पाठशाला सञ्चालन गरिएको शाखा प्रमुख तिम्सिना ले बताउनु भयो ।

विभिन्न कृषि समुह गठन गरेर प्याज , काउलि ,बन्दा कोपि टमाटर ,मटर कोसा ,खुर्सा्नि लगायतको तरकारि बालिको व्याड राख्ने, व्याड बाट तरकारि को विरुवा सार्ने, सिचाई , मलखाद को व्यवस्थापन , रोगकिराको पहिचान गरि नियन्त्रण गर्ने तरिका सिकाइहेको छ । त्यस्तै प्लाष्टिक टनेल भित्र र बाहिर खेति गर्दा हुने फाईदा , प्लास्टिक टनेल घर बनाउने तरिका, तरकारि खेति गर्दा जमिन को तयारि लगाएत को विषयमा खेतबारिमै जानकारि पाएकोमा किसानले खुशी व्यक्त गरेका छन ।
कृर्षकलाई बारिमै पुगेर सिकाउने हुदाँ कृर्षि पाठशाला प्रभावकारि रहेको वडानम्वर ३ का कृषक भुपाल भट्राईले बताउनु भयो । कृषि पाठशाला सञ्चालन नहुदा किसानले परमपरागत प्रणालीबाट मात्रै तरकारिको खेति गर्ने गरेकोले उत्पादन कम हुने हुदा यस्तो कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष ज्ञानबहादुर लिम्बुले बताउनुभयो । यो कृर्षी पाठशाला सञ्चालन गर्दा तरकारि बालिमा लाग्ने रोगकिरा लाई विषादिको प्रयोग नगरि कसरि नियन्त्रण गर्ने लगाएत को विषयमा बारिमै आएर कृषि प्राविधिकले सिकाउदा कृषकहरुले खुसि व्यक्त गरेको उहाले बताउनुभयो ।

पाठशालामा सिकेको सीप र ज्ञान प्रयोग गरेर अर्गा्निक कृषि उपज उत्पादन गर्ने पाठशालामा सहभागि कृषकहरुले बताएकाछन् । आर्थिक वर्ष २०७५ र ०७६ को कृषि पाठशाला सञ्चालन लागि छुट्याईएको १ लाख बजेट मार्फत कृषि पाठशाला कार्यत्रम सञ्चालन गरिएको कृषिशाखा कार्यलयले जनाएको छ ।


