पाख्रीबासमा मेयरकप फुटबल जारी, आज दुई खेल
धनकुटा खबर । धनकुटाको पाख्रीवासमा जारी वडा स्तरिय प्रथम मेयरकप फुटवल प्रतियोगितामा आज दुईवटा खेलहरु भएकाछन् ।
पाख्रीवास नगरपालिकाको आयोजनामा गत १६ गतेदेखी जारी प्रतियोगिता अन्र्तगत आज वडा नं ३ भर्सेज १ र वडा नं ७ भर्सेज ९ वीच खेल भएको हो । जसअनुसार वडा नं ३ र १ वीच भएको खेलमा ० को विरुद्ध ३ गोल लगाउदै वडा नं ३ ले विजयी हासिल गरेको छ ।
लिग चरणको यस खेलमा वडा नं ३ लाई जित दिलाउनका लागि जर्सी नं २० का खेलाडी शुक्र मगर, जर्सी नं १ का खेलाडी नविन वस्नेत र जर्सी नं १० का खेलाडी अनिम राईले १/१ गोलको योगदान गरेका थिए । त्यस्तै वडा नं ७ र ९ वीचको खेलमा ० को विरुद्ध २ गोल लगाउदै वडा नं ९ ले जित निकालेको छ ।
वडा नं ९ लाई जीत दिलाउनका लागि जर्सी नं २० का खेलाडी शंकर आले मगर र जर्सी नं ११ का खेलाडी निलम मगरले १/१ गोलको योगदान गरेका थिए । आजै हुने भनिएको वडा नं ६ र १० वीचको खेल भने विशेष प्राविधिक कारणले स्थगित भएको प्रतियोगिता प्रचार प्रसार उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो । भोलिको खेल विहान ८ वजेदेखी हुनेछ ।


