धनकुटाको गतिबिधि अब ‘धनकुटा नगर आवाज’ मा !
धनकुटा खबर । नगरले गरेको कामको गतिबिधि जनता सम्म पुर्याउन धनकुटा नगरपालिकाले रेडियो कार्यक्रम ‘धनकुटा नगर आवाज’ शुरु गरेको छ ।
नगरको बिकासका गतिबिधि, कृषि, पर्यटन लगाएतका बिषय बस्तु समेटेर तयार पारिएको उक्त कार्यक्रम धनकुटा ३ सामुदायिक रेडियोबाट प्रशारण गरिनेछ । हरेक हताको आईतबार ७ः३० बजे प्रशारण हुने उक्त कार्यक्रमले नगरको बिकासमा नगर र जनता बीचको सम्बन्धलाई निकट बनाउने मेयर चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।
रेडियो लालिगुराँसका स्टेसन म्यानेजर बिदुर खवासले तयार पारेको उक्त कार्यक्रम लालिगुराँस सहित रेडियो धनकुटा र मकालु एफ.एम.बाट प्रशारण गरिने छ ।


