यलम्वरहाङको शालिक पुरा गर्न रकम अभाव

धनकुटा खबर । धनकुटामा निर्माणाधिन यलम्वरहाङको शालिक निर्माण पूरा गर्न अन्तिम समयमा रकम अभाव भएको छ ।

धनकुटा नगरपालिका ६ राईकुवा टोल स्थितको साकेला शान्ति पार्कमा वनाईदै गरेको यो शालिकको निर्माण कार्य यसअघि पौष मसान्त सम्ममै सक्ने भनिएको भएपनि माघ मसान्त सम्मका लागि समय थप गरिएको थियो । तर यस अवधिमा पनि आवश्यक रकम अपुग हुँदा अझ समय थप गर्नुपर्ने सम्भावना वढेको किराँत राई यायोख्खा धनकुटाका अध्यक्ष नगेन्द्र राईले वताउनुभयो ।

यो शालिक निर्माणका लागि यसअघि धनकुटा नगरपालिका, जिल्ला प्राविधिक कार्यलय लगायत विभिन्न संस्थावाट प्राप्त करिव ११ लाख वरावर रकम लागिसकेको छ । अव थप ५ लाखमा काम पूरा हुने अनुमान गरिएको छ ।

रकम अभावकै कारण किराँतीहरुको पहिलो राजा यलम्वरहाङको मूर्ति पनि धनकुटा सम्म ल्याउन समस्या भएको छ । ३ लाखमा सम्झौता भएको यलम्वरहाङको पूर्णकदको मूर्ति धरानवाट ल्याउनु पर्ने हो । तर रकम अभाव भएपछि यी सवै काम पूरा गर्न सहयोग गर्न किराँत राई यायोख्खा जिल्ला कार्य समिति धनकुटाले सवैलाई अनुरोध गरेको छ ।

समितिले पनि सहयोग संकलनका लागि जिल्लाको स्थानिय तह लगायतका संस्थामा अनुरोध गर्ने र घरदैलो कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।