पाख्रीवासमा मेयरकप फुटवल : भोलि सेमिफाईनल
धनकुटा खबर । धनकुटाको पाख्रीवासमा जारी वडा स्तरिय प्रथम मेयरकप फुटवल प्रतियोगिताको सेमी फाईनलमा विभिन्न ४ वटा वडा प्रवेश गरेकाछन् ।
नगरपालिकाको आयोजनामा गत माघ १६ गते देखी जारी प्रतियोगिताको सेमी फाईनलमा ३,४,९ र १० वडा प्रवेश गरेका हुन् । सेमिफाईनलको खेल भोलि विहान ९ वजेदेखी शूरु हुनेछ । सेमी फाईनलको पहिलो खेल वडा नं ९ र ३ वीच हुनेछ भने दोश्रो खेल १० वजेदेखी वडा नं ४ र १० वीच हुने प्रतियोगिता प्रचार प्रसार उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो ।
यसअघि आज भएको लिग चरणको अन्तिम दुई खेलमा वडा नं २ ले ० को विरुद्ध ६ गोल लगाउदै वडा नं ५ लाई हराएको थियो भने १ को विरुद्ध ३ गोल लगाउदै ७ नं वडालाई १० नं ले हराएको छ । आजको खेलमा जीत निकाल्ने यी दुई वडाका लागि क्रमश २ नं का जर्सी नं ९ का खेलाडी विकास गान्छाकीले ६ गोलको योगदान गरेका थिए भने १० नं वडा का लागि जर्सी नं ११ का खेलाडी उज्वल भण्डारीले ३ गोलको योगदान गरेका थिए ।


