पाख्रीबास मेयरकप फुटवलको फाईनल भोली

धनकुटा । धनकुटाको पाख्रीवासमा जारी वडा स्तरिय प्रथम मेयरकप फुटवल प्रतियोगिताको फाईनलमा ४ र ९ नं वडा प्रवेश गरेकाछन् ।

नगरपालिकाको आयोजनामा गत माघ १६ गते देखी जारी प्रतियोगिताको सेमी फाईनलको खेल अन्र्तगत आज भएको दुई खेल मध्ये ९ नं वडाले ३ नं लाई हराउदै फाईनलका लागि स्थान वनाएको हो भने १० नं वडा लाई हराउदै ४ नं वडाले फाईनलको यात्रा सुनिश्चित गरेको हो ।

वडा नं ३ भर्सेज ९ वीचको खेलको निर्धारित समयमा दुवै वडाले गोल नगरेपछि खेल ट्राईव्रेकरमा धकेलिएको थियो । ट्राईव्रेकरको समयलाई सदुपयोग गर्दै वडा नं ९ ले ३ को विरुद्ध ५ गोल लगाउदै जीत निकालेको हो ।

त्यस्तै वडा नं १० संग भीडेको ४ नं वडाले एक आत्माघाती गोलको उपहार पाएको थियो भने अर्काे १ गोल लगाई ०-२ गोलको जीत हाँसिल गरेको प्रतियोगिता प्रचार प्रसार उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाईनल खेल भोलि १ वजेदेखी हुनेछ । प्रतियोगिताका विजयी प्रथम समूहले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाण पत्र, दोश्रो हुने समूहले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र र त्यसपछिका दुई समूहले नगद १०/१० हजार सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।