माग अनुसार कफी उत्पादन गर्न नसक्नु विडम्बना !
धनकुटा खबर । विश्व बजारमा नेपालमा उत्पादन भएको कफीको माग अत्याधिक भएपनि माग अनुसारको उत्पादन गर्न नसक्नु विडम्बना भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
कफि खेतिको विकास र विस्तारका लागि उत्पेरणात्मक तथा प्रर्वद्धनात्मक विषक कार्यशाला गोष्ठीका बक्ताहरुले यस्तो बताएका हुन । विश्व बजारमा नेपालमा उत्पादन भएको कफी ८ हजार मेट्रिकटन माग भएपनि नेपालमा भने अहिले ५ सय १३ मेट्रिटन मात्रै उत्पादन भएको राष्टिय चिया तथा कफी विकास बोर्ड पोखराका क्षेत्रिय निर्देशक लक्ष्मण प्रसाद पोखरेलले बताउनुभयो ।
नेपालको ४२ जिल्लाको १२ लाख हेक्टर जमीनमा अराविका कफी खेति गर्न सकिने भए पनि अहिले २ हजार ६ सय ५० हेक्टरमा मात्र खेति भएको उहाले बताउनु भयो । नेपालमा ८० बर्ष अगाडीदेखि नै कफि खेतिको सुरुवात भएपनि अहिले सम्म यसलाई व्यवसायीक खेतिको रुपमा विकास गर्न नसक्नु दुःख लाग्दो कुरा भएको बताउदै यसको व्यवसायीक खेतिमा लाग्न किसानलाई अग्रह गर्नुभयो ।

प्रधानमन्त्रि कृर्षि आधुनीकीकरण परियोजना अन्तरगत सुपर जोनको रुपमा गुल्मी,प्यूठान, पाल्पा,अर्घाखाची र स्याङजा जिल्लामा कफी खेतिको विस्तार भइरहेको उहाले जानकारी दिनु भयो । धनकुटामा १० हजार हेक्टर जमीनमा कफीको व्यवसायीक खेति गर्न सकिने समेत उहाले जानकारी दिनुभयो । नेपालले ८४ मेट्रिटन कफि निर्यात गरे पनि १ सय ६३ मेट्रिटन आयत गरिरहेको तथ्यांक छ ।
जिल्ला कफि व्यवसायी संघका अध्यक्ष डिल्लीश्वर दर्नालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख टंक चुवान, राष्टिय चिया तथा कफी विकास बोर्ड पोखराका क्षेत्रिय निर्देशक लक्ष्मण प्रसाद पोखरेल,धनकुटा नगरपालिकाका प्रमुख तिन्तन तामाङ्ग,छथरजोरपाटी गाउपालिकाका अध्यक्ष सेरबहादुर लिम्बु, चौविसे गाउपालिका अध्यक्ष खजिन्द्र राई, राष्टिय चिया तथा कफी विकास बोड धनकुटाका रामएक्वाल यादव ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, गैससका प्रतिनिधि संगीता चापागाइ, धनकुटाका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख , पत्रकार तथा किसानहरुको उपस्थित रहेको थियो । कार्यशाला गोष्ठी २०७५ माग २६ गते सम्म सञ्चालन हुने छ ।


