धनकुटा-१ ले जित्यो अन्तर वडा स्तरिय खुल्ला भलिबल
धनकुटा खबर । धनकुटाको उत्तरपानीमा सञ्चालित अन्तर वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिताको जीत धनकुटा नगरपालिका वडा नं १ ले हात पारेको छ ।
२८ सय ५५ औ सोनाम ल्होसारको अवसरमा धनकुटा नगरपालिका वडा नं १० को आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनलमा आयोजक A धनकुटा नगरपालिका १० सँग भीडेको उस्ले सोझो सेटमा जीत निकालेको हो ।
जीत संगै उस्ले नगद ३० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार हात पारेको छ । प्रतियोगितामा दोश्रो हुन सफल आयोजक A ले नगद २० हजार सहित मेडल र प्रमाण पत्र र तेश्रो स्थानमा चित्त वुझाएको आयोजक B ले नगद १० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएकाछन् ।

प्रतियोगिताका विजयी समूहलाई नगर प्रमुख चिन्तन तामाङ को प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच पुरस्कार प्रदान गरिएको प्रतियोगिताका एम्पायर ऋषीराम पराजुलीले जानकारी दिनुभयो ।


