विविध कार्यक्रम गर्दै बहुमुखी पाठशाला धनकुटाले मनायो स्थापनाको पहिलो बर्ष
धनकुटा खबर । धनकुटा बहुमुखी पाठशाला धनकुटाले विविध सास्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापनाको पहिलो बर्ष मनाएको छ ।
पाठशालाले “अवसर हामीलाई दिनुहोस सिर्जनात्मक छन हाम्रा पाइलाहरु” भन्ने सन्देश सहित आफ्नो स्थापनाको पहिलो बर्ष मनाएको हो । पाठशालाले धनकुटा सिनेमा हलमा आयोजना गरेको कार्यक्रकममा पाठशालामा आवद्ध कलाकारहरुको प्रस्तुती सहित दार्जेलिङ्गका हास्य कलाकार अनिल राई ,गायीका जुनु खालिङ्ग राई ,हेमु स्मृती चोङ्गवाङ लगायतले आफ्नो प्रस्तुती गरेका थिए ।

उक्त कार्यक्रममा पदेश सभाका संसद निरन राई, लिला सुव्बा, जिल्ला समन्वय समितीका प्रमुख टंक चुवान, ससत्र प्रहरीका प्रहरी नायव उपरीक्ष बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास,उद्योग बाणिज्य संघ धनकुटाका उपाध्यक्ष तारा तितुङ्ग,धनकुटा स्थित विभिन्न संघ सस्थाका प्रतिनिधि,पत्रकार तथा अविभावक लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन पाठशालाका संयोजक सरोज भुजेलले गर्नुभएको थियो ।





