पाख्रीवासस्थित सालवोटे सडक खण्डको स्तरोन्नती, अध्यक्ष भन्छन,- सर्भे भन्दा वढी काम गरेकाछौ
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ को पञ्चकञ्या सालवोटे सडक खण्डको स्तरोन्नती गरिएको छ ।
पाख्रीवास नगरपालिकावाट प्राप्त ६ लाख र उपभोक्ताको १ लाख गरी जम्मा ७ लाखमा पञ्चकञ्य देखी सालवोटे सम्मको सडक स्तरोन्नती गरिएको हो ।
पञ्चकञ्या सालवोटे सडक स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष दशरथ तुम्वाका अनुसार उल्लेखीत वजेटवाट लक्षित दूरी भन्दा तीन किलोमिटर वढी सडक स्तरोन्नती गरिएको छ ।

उहाँले भन्नुभयो “सडक स्तरोन्नतीका लागि जती दूरीको सर्भे गरिएको थियो त्यो भन्दा हामीले वढी काम गरेकाछौ ।” यो सडक स्तरोन्नती गरिएपछि तत्काल त्यहाँका झण्डै ६० घर वढी स्थानियलाई आवतजावतमा सहज भएको छ ।
यो सडक स्तरोन्नतीका लागि ४ नं वडाध्यक्ष शोवित निरौलाले समेत नि शूल्क रुपमा ८ घण्टा आफ्नो स्काभेटर दिएर सहयोग गर्नुभएको अध्यक्ष तुम्वाले वताउनुभयो ।
अन्य स्थानका सडक मर्मत कार्यमा पनि सहयोग गर्दै आउनुभएका वडाध्यक्ष निरौलाले यसअघि पनि गत वर्ष श्री जाल्पादेवि देविथानको प्रांगण ९० हजार वरावरको व्यक्तिगत लगानीमा सतह मिलाउने, खार्ने काम गर्नुभएको थियो ।


