‘प्रदेश १ को नाम किराँत प्रदेश राखौं’
धनकुटा खबर । किराँत राई यायोख्खाका केन्द्रिय सदस्य सञ्जय सन्तोषी राईले १ नं प्रदेशको नाम किराँत प्रदेश राख्नु पर्ने वताउनुभएको छ ।
किराँत राई योयाख्खा पाख्रीवास नगर कमिटीको वैठकलाई प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।
किराँत राई यायोख्खाको १० औ राष्टिय सम्मेलनको तयारीको विषयमा छलफल गर्न आज पाख्रीवासमा वसेको वैठकमा वोल्दै उहाँले ऐतिहाँसिक पहिचानको आधारमा १ नं प्रदेशको नाम किराँत प्रदेश राख्नु पर्ने वताउनुभएको हो ।
कमिटीका पाख्रीवास नगर संयोजक डम्वर राईको अध्यक्षतामा वसेको वैठकमा उहाँले अहिले किराँत नामको वारेमा भईरहेका टिकाटिप्पणीहरुको खण्डन गर्दै किराँत जातिय शब्द नभएको वताउनुभयो ।
आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष समेत रहनुभएका उहाँले किराँत शब्द संसार कै पहिलो र पहिचानको शब्द भएको समेत स्पष्ट पार्नुभयो । वैठकको सञ्चालन कमिटीका सचिव मीन कुमार देवानले गर्नुभएको थियो ।


