प्रखर, निडर, निर्भीक अनि सर्वप्रिय वक्ता रमेश प्रसाईंसंग रबि लामिछानेको एक साथ मिडियामा ! सम्पूर्ण नेपालीलाई गरे यस्तो अनुरोध… – हेर्नुस भिडियो

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन ।

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन्।

रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन्। उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन्। उनको आवाज श्रोतामाझ लोकप्रिय छ। रमेश प्रसाई कविता समेत लेख्ने गर्दछन्। कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने उनी बताउँछन्।

बोल्नमा माहिर उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत देशविदेशका खबरहरु जानकारी लिने बताउँछन्। उनी आफु बोल्न कै लागि जन्मेको बताउछन्। समाजमा केहि घटना घट्दा उनी तत्काल आफ्नो विचार राख्ने गर्छन्।

रवि लामिछानेको बारेमा बोल्नु उनको कर्तब्य भएको बताउदै आफुले चर्चित हुन बोलेको होइन समेत उनले भने। आज यिनै प्रसाई लाइ रबि लामिछानेले धरानमा भेट बार्ता गरि फेसबुक लाइव गरेका छन् हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।