सुर्य खड्काको ‘एयरपोर्ट काण्ड – छोरी तिम्लाई २ पोका मिठाई छिरेन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । नेपाली लोक दोहोरी क्षेत्रका चर्चीत गायक सुर्य खड्काले बास्तबिक कथा बस्तुमा आधारित गीत एयरपोर्ट काण्डसार्वजनिक गरेका छन,पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थलको बाटो भयर काममको सिलसिलामा बिदेश पलायन भयका नेपालीहरुका झोला बिमानस्थलमै खोसिएको घटनाको बिरोध भै रहेका बेला गायक शुर्य खड्काले गीत मार्फत लाखौ प्रदेशीको आवाज उठाएका छन्।

यसो त गायक शुर्य खड्कालाई प्रदेशी गायक भनेर पनि चिनिन्छ ,जापानमा बसेर आफ्नो दैनीक काम संगै गीत संगीतमा पनि निरन्तर लागी रहेका खड्काले बजारमा ल्याएका प्राय सबै गीतले राम्रो सफलता पाउने गरेको देखीन्छ,आफु प्रदेशमै भयको भयर पनि होला गायक खड्का प्राय प्रदेशीकै काथा समेटिएका गीतहरु गाउने गर्छन्।

बिमानस्थलमा प्रदेशमा काम गर्दा गर्दै ज्यान गुमाएर रातो बाकसमा दिनहुँ फर्कीने नेपाली दाजु-भाई दिदी-बहिनीको पिडा एका तिर छदाछदै ,अर्को तिर प्रदेशमा पसिना बगायर आफ्नो घर परिवार र साथीभाईका लागी ल्याएको सामान बिमानस्थलमै खोसिन थाले पछि गायक खड्काको मनमा सान्ति मिलेन र यस्तो गीत लेखे जुन गीतमा प्रयोग गरिएका शब्दले साँच्चीकै मन छुन्छन्।

“झोला खाली एयरपोर्ट मै गर्देशी, कै लगेर जान्छ घर प्रदेशी, गरीवको त दिनै फिरेन, ३३ किलो सुन छिर्ने एयरपोर्टबाट

छोरी तिमीलाई दुई पोका मिठाई छिरेन” जस्ता मार्मिक शब्द रचना गरेर आफ्नो सुरिलो स्वर अनि संगीत भरेका छन गायक खड्काले,गीत शुर्य खड्काको आफ्नै आधिकारिक यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।