धनकुटाकी २० बर्षिया किशोरीको यस्तो अबस्था, गरिन यस्तो आग्रह…

धनकुटा खबर । आर्थिक स्थिति अत्यन्तै कम्जोर भएर खुट्टाको उपचार गराउन समस्या भएपछि धनकुटा छथरकी उमा भट्टराईले सहयोगको अपिल गरेकी छिन् । छथर जोरपाटी गाउँपालिका वडा नं.३ की २० बर्षिया भट्टराई खुट्टामा भएको घाउका कारण लामो समय देखि अपांगता भएकीछन् ।

बिगत लामो समयबाट आफ्नो खुट्टामा समस्या आएदेखि विभिन्न अस्पतालमा उपचार गराउँदा ठिक नभए पनि राम्रो अस्पतालमा देखाउन पाए ठिक हुने आशा उनको छ ।

‘सबैले मद्दत गर्नुभयो भने सायद म उठेर हिड्न सक्ने थिए’– उनले सामाजिक सन्जाल मार्फत् भनेकी छन् । ६५ बर्षिय बुवा प्रेम बहादुर भट्टराई र ५७ बर्षिय फुल माया भट्टराईले समेत आफ्ना काईली छोरी भट्टराईको उपचारका लागि अपिल गरेका छन् ।

भट्टराईलाई सहयोगका लागि सम्पर्क नं ९८१९३८५७०६ मा सम्पर्क राख्न सकिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।