धनकुटामा गोली लागेर सेना जवानको मृत्यु
धनकुटा खबर । धनकुटाको बरख गण सल्लेरी ब्यारेकमा एक सेनाका जवानको गोली लागेर मृत्यु भएको छ ।
शनिबार राति ड्यूटीमा बसेको बेला छात्तिमा गोली लागेर डोटी जिल्ला घर भएका चेतराज जोशीको मृत्यु भएकोे हो ।
रातको समयमा २ जना डुयूटी गरिरहेका बेला आफैले बोकेको हतियार पड्कंदा उनको मृत्यू भएको गणका गणपति यूवराज केसीले जानकारी दिनुभयो ।

शनिबार बेलुका पौने ९ बजे एम १६ हतियार पड्कीएर छातीमा गोली लागेर म्भिर घाईते भएका जोशीकोे धनकुटा अस्पतालमा पचारका क्रममा मृत्यु भएको हो ।
घटना को प्रकृति हेर्दा मृतकले आफै गोली चलाएको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएको धनकुटाका प्रहरी एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
थप अनुसन्धान भईरहेको सेना र प्रहरीले बताए पनि रातको समयमा २ जना ड्यूटीमा हुंदा भएको उक्त घनाले जोशीको मृत्यू केहि संकास्पद पनि देखिएको छ ।


