धनकुटामा कृषि बीमा कार्यक्रम शुरु

धनकुटा खबर । धनकुटामा कृषि बिमा कार्यक्रम शुरु भएको छ । जिल्लाको तरकारी पकेट क्षेत्रका रुपमा रहेको छथर जोरपाटी गाउँपालिकाको सिंधुवामा उक्त कार्यक्रम शुरु गरिएको हो ।

प्रधानमन्त्री कृषि जोन समेत सन्चालन भईरहेको उक्त क्षेत्रमा कृषि बिकास बैंकको ७५ प्रतिशत र किसानको २५ प्रतिशत (प्रिमियम) लगानीमा बिमा कार्यक्रम शुरु गरेको हो ।

स्थानिय सुलभ बचत तथा ऋण सहकारीको सक्रियतामा भएको कार्यक्रममा बिभिन्न ७ वटा तरकारी बालीमा बिमा शुरु गरिएको सहकारीका अध्यक्ष मेघेन्द्र गुरुङ्गले जानकारी दिए ।

गएको पौष १८ बाट शुरु भएको बिमा कार्यक्रममा हाल सम्म १ सय ५५ जना किसान सहभागि रहेको गुरुङ्गले जानकारी दिए ।

रायो साग,मटर,टमाटर,खुर्सानी,बन्दा,फुलगोभी गरी ८ सय ७४ रोपनीमा लगाएको सब्जी बीमा गरिएको बिमा उपसमितिका संयोजक खड्ग बहादुर पौडेलले जानकारी दिए ।

प्रति रोपनी ३ सयले अधिकतम १३ रोपनी सम्म सन्चालन भएको तरकारी बीमा कार्यक्रम अन्तर्गत १ लाख ७४ हजार ७ सय ५० बरावरको बीमा गरिएको पौडेलले जानकारी दिए । ४ बर्ष अघि बीमा कार्यक्रम शुरु भएपनि यो बीमा कार्यक्रम लागु हुन सकेको थिएन ।

तस्वीर : बजार लान रायोको साग टिप्दै धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिंधुवा स्थित मझुवा गाउँका महिलाहरु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।