छिन्ताङमा खुल्ला नृत्य प्रतियोगिता र वृहत साँगितीक कार्यक्रम हुने

धनकुटा खबर । स्थानिय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटाको शहिदभूमि गाउँपालिका शहिद स्मृती पार्क छिन्ताङमा वैशाख १ गते खुल्ला नृत्य प्रतियोगिता तथा वृहत साँगितीक कार्यक्रम हुने भएको छ ।

नयाँ वर्षको अवसर पारी शहिद स्मृती प्रतिष्ठान छिन्ताङको आयोजनामा कार्यक्रम हुन लागेको हो । नृत्य प्रतियोगिताको विजयी प्रथम, द्धितीय, तृतीय र शान्त्वना स्थान हाँसिल गर्नेहरुलाई क्रमश नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार पुरस्कार प्रदान गरिने आयोकले जनाएको छ ।

कार्यक्रममा त्रीवेणी साँस्कृतीक समूह धनकुटाको वेजोड नृत्य प्रदर्शन, स्थानिय जातजाती राईहरुको ढोल, पापानी, मारुनी, मगरको हुर्रा नाँच समेत प्रर्दशन गरिने छ । यो कार्यक्रमको तयारी करिव अन्तिम चरणमा पुगेको आयोजाक संस्थाका सचिव डिक वहादुर राईले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन नयाँ वर्ष वैशाख १ गते दिउसो १ नं प्रदेशसभा सदस्य निरन राईले गर्नु हुने आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।